कनिका खबर
मंसिर ३, दाङ ।
फुटको सँघारमा पुगेको सत्तारुढ दल नेकपाको विवाद साम्य पार्नका लागि फेरि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छन् ।
राजदूत यान्छीले हिजो मंगलबार राति प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेकी छन् । राति आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको यान्छीले दुई घण्टा ओलीसँग भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ ।
यान्छीले भेटमा विवाद मिलाएर अघि बढ्न सुझाव दिएकी हुन् । यान्छीको यस्तो सुझाव पाए लगत्तै प्रधानमन्त्री ओली मंगलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।
यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी थिइन्।


