खप्तडमा माइनस ५ डिग्री तापक्रम – Kanika Khabar
Sunday, March 15Nepali News Portal

खप्तडमा माइनस ५ डिग्री तापक्रम

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, डोटी ।
खप्तडमा हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै यहाँको तापक्रम माइनस ५ डिग्री पुगेको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस ५ डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयले जनाएका छन् ।

हिजो मंगलबार बिहान भने खप्तडलगायत क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्