मा प्रकाशित
कनिका खबर
मंसिर ३, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक डाकेका छन् । आजका लागि निर्धारित गरिएको सचिवालय बैठकको समयमा नै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को बैठक डाकेका हुन् ।
बैठक सार्न ओलीले दबाब दिँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका बहुमत सचिवालय सदस्यले अस्वीकार गरेपछि बैठक छल्न ओलीले आकस्मिक मन्त्रिपरिषद् डाकेको आकलन गरिएको छ ।


