गौतम, योगी पुरस्कृत र प्रलेस सम्मानित हुने – Kanika Khabar
Friday, January 23Nepali News Portal

गौतम, योगी पुरस्कृत र प्रलेस सम्मानित हुने

    मा प्रकाशित

कनिका खबर

मंसिर ३, दाङ ।

गजल अभियान दाङले हरेक वर्ष प्रदान गर्दै आएका पुरस्कार र सम्मान यसवर्ष पनि प्रदान गरिने निर्णय गरिएको छ ।यसवर्ष प्रदान गरिने “ठाकुर प्रसाद लामिछाने गजल लेखन पुरस्कर ” गजलकार सुशील गौतमलाई र “पानसरी मनवीर गजल सङ्गीत पुरस्कार ” गाकय शिशिर योगीलाई प्रदान गरिनेछ ।

संस्थागत सम्मान तर्फ साहित्यिक संस्था प्रगतिशील लेखक सङ्घ दाङलाई सम्मान गरिनेछ । पुरस्कार/सम्मान छनौट समितिका संयोजक विश्वकीर्तिमानी सङ्गीतकार एवम् गजल अभियान दाङका सल्लाहकार सन्तोष श्रेष्ठ र छनौट समिति सदस्य एवम् सल्लाहकारद्वय छविलाल कोपिला र दीपक शर्मा समीरको आज बसेको बैठकले उक्त निर्णय गरेको कुरा गजल अभियान दाङला अध्यक्ष प्रबल बिष्टले जानकारी गराउनु भयो ।

केही दिनभित्रै भव्य गजल महफिल सहितको औपचारिक समारोहमा उक्त पुरस्कार/सम्मान प्रदान गरिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्