मा प्रकाशित
एजेन्सी ।
संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोभिड–१९ का कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गएको छ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो । अहिले त्यहाँ फेरि एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ।


