कामै नगरी बजेट फिर्ता हुँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कामै नगरी बजेट फिर्ता हुँदै

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, काठमाडौँ ।

समयमा विकास निर्माणका काम अघि नबढ्दा बर्षेनी अर्बौ बजेट फ्रिज हुने गरेको छ । संघीयता कार्यान्वयन अघि सरकारको बजेट बढी फ्रिज हुने गरे पनि संघीयता पछि भने स्थानीय सरकारको बजेट बढी फ्रिज हुने गरेको पाइएको छ । स्याङजाको वालिङ नगरापालिकामा गत वर्ष ३ करोड ६५ लाख ४ हजार २ सय ५४ रुपैयाँ बजेट फ्रिज हुन पुग्यो । जसमा नगरपालिकाले बिनियोजन गरेको भन्दा संघीय र प्रदेश सरकारले पठाएको रकम बढी फ्रिज भएको छ । नगरपालिकाका लेखा शाखा प्रमुख इश्वरीप्रसाद तिवारीले सर्तसहित तोकिएके बजेट खर्च गर्न नसदा २ करोड भन्दा बढी फिर्ता गरिएको बताए ।

गत आर्थिक वर्ष २०६६÷७७ मा सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाले ५० भन्दा बढी योजना सम्पन्न गर्न सकेन । यसको प्रमुख कारणका रुपमा कोभिड–१९ रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाटै सञ्चालित योजना भने समयमा नै सकिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले दावी गर्नुभयो । दोलखाको भिमेश्वर नगरपालिकाले भने आफुले बजेट फ्रिज नगर्ने गरेको दावी गरेको छ । तर नगरपालिकाबाट गत आर्थिक वर्षमा १ करोड ३६ लाख रुपैयाँ बजेट फ्रिज भएको छ ।
मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये सबैजसो स्थानीय तहबाट करोडौ रुपैयाँ वर्षेनी फ्रिज हुने गरेको छ । तर हरेक वर्ष स्थानीय तहले कति बजेट फ्रिज गर्छन भन्ने तथ्यांक संघीय सरकारसँग छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अवदेखि यस्तो तथ्यांक राख्ने व्यवस्था गर्नका लागि आजमात्रै सबै स्थानीय तहलाई परिपत्र गरिएको जनाएको छ ।
महालेखा परिक्षकको ५७ औ प्रतिवेदन अनुसार मुलुकभरका ७६ स्थानीय तहले १ हजार एक सय ८४ आयोजना कार्यान्वयन नगरी चालु आर्थिक वर्षकालाई जिम्मेवारी सारेका छन् । ती योजनामा सम्झौता अनुसार ६४ करोड २७ लाख ४४ हजार भुक्तानी गर्न बाँकी रहेको छ । समयमै योजना सम्पन्न गर्ने गरी बजेट सुनिश्चित हुनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्