जिपको ठक्करवाट १ को मृत्यु २ घाईते – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

जिपको ठक्करवाट १ को मृत्यु २ घाईते

    मा प्रकाशित

घनश्याम बुढाथोकी

रोल्पा, मंसिर,४ ।
गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती अन्दाजी ०८स्३० बजेको समयमा जिल्लाको सुनिलस्मृती गा.पा.८ तल्लोपानी स्थित सुलिचौर(अरेश भित्री सडक खण्डमा जिपले ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

लु १ ज ३०७० नम्बरको जिपको ठक्कर वाट घाईते भएका मध्ये सुनिलसमृती गा.पा.–०८ अरेस वस्ने बर्ष ४६ को राहुल मगरको प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचार पश्वात थप उपचारको लागी बुटवल तर्फ लैजादै गर्दा वाटोमा नै मृत्यु भएको छ ।

अन्य घाईते सोही ठाउ वस्ने बर्ष ६ को राजेन्द्र पुन र बर्ष ३५ कि रिमा पुनलाई तत्काल उपचारको लागी सुनिलस्मृती गा.पा. स्थित प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौर ल्याईएकोमा थप उपचारको लागी बुटवल रिफर गरिएको छ ।

दुर्घटना लगत्तै घटनास्थल वाट फरार भएको जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया शुरू गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेश राज सुबेदीले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्