कोरोना अपडेट : पछिल्लो २४ घढटामा १९४५ जना थपिए, थप ५३६४ जना कोरोना संक्रमणमुक्त र थप २२ जनाको मृत्यु – Kanika Khabar
Friday, January 23Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घढटामा १९४५ जना थपिए, थप ५३६४ जना कोरोना संक्रमणमुक्त र थप २२ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्