घाेराही उपमहानगरपालिकाका विद्यालय ७ गतेदेखि र स्कुल बस १० गतेदेखि सञ्चालनमा आउने – Kanika Khabar
Thursday, June 11Nepali News Portal

घाेराही उपमहानगरपालिकाका विद्यालय ७ गतेदेखि र स्कुल बस १० गतेदेखि सञ्चालनमा आउने

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, दाङ ।
घाेराही उपमहानगरपालिकाका विद्यालयहरू मंसिर ७ गते आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । काेभिड १९ काे सङ्क्रमणकाे जाेखिमका कारण बन्द रहेका स्कुल बस मंसिर १० गतेदेखि सञ्चालनमा आउने भएका छन् । आज शुक्रबार बसेकाे घाेराही उपमहानगरपालिका शिक्षा समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय तथा यातायात सञ्चालन गर्ने र एकै सिफ्टमा सञ्चालन हुने विद्यालयले विहान १० देखि दिउँसाे साढे ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ । अन्य विद्यालयले सिफ्ट अनुसार पनि विद्यालय सञ्चालनकाे व्यवस्थापन गर्न सक्ने बताइएकाे छ । बैठकले एउटा बेञ्चमा २ जना विद्यार्थी मात्र राख्ने निर्णय गरेकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्