क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो – Kanika Khabar
Thursday, June 11Nepali News Portal

क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।
नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ जना राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । मंसिर दोस्रो सातादेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

क्यानले राष्ट्रिय टिमका व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै २२ खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका २० र थप दुई गरी २२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिने भएको हो । सेन्ट्रल कन्ट्रयाक्टमा नभएकामध्ये किशोर महतो र भुवन कार्कीलाई पनि सूचीमा राखिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आउने खेलाडीहरुलाई मात्र बन्द प्रशिक्षण शिविरमा समावेश गरिने पनि क्यानले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडी

ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, पारस खड्का, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो ।

प्रशिक्षक : जगत टमाटा

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्