उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको आग्रह – Kanika Khabar
Monday, September 21Nepali News Portal

उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको आग्रह

    मा प्रकाशित

एजेन्सी/
विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले रेम्डेसिभिर औषधिको कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न आग्रह गरेको छ ।

संक्रमितको उपचारमा रेम्डेसिभिरले केही पनि सकारात्मक प्रभाव नपारेकाले त्यसको प्रयोग नगर्न डब्ल्युएचओले आग्रह गरेको हो ।डब्ल्युएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न पनि आग्रह गरेको छ।

डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गरौं । हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं।’

रेम्डेसिभिरको प्रयोगबाट संक्रमितको उपचारमा सकारात्मक प्रभाव पारेको भन्दै केही मुलुकहरूले धमाधम यसको प्रयोग गरिरहँदा डब्ल्युएचओको यस्तो धारणा बाहिरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्