मोरङमा १६ जना जुवाडे नगदसहित पक्राउ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मोरङमा १६ जना जुवाडे नगदसहित पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, मोरङ ।
मोरङमा नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको रतुवामाई नगरपालिका–८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ परेकाहरुको साथबाट १ लाख ६९ हजार ६९५ रुपैयाँ नगद समेत बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

राईका अनुसार पक्राउ परेकाहरुको साथबाट १ बुक तास, १६ थान कौडा, विभिन्न कम्पनीका १७ वटा मोबाइल, २ वटा कार र १९ वटा मोटरसाइकल समेत बरामद भएको छ । १६ जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवी प्रसाद पौडेल, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई र ४० वर्षीय नारायण चुडाल रहेका छन् ।

त्यस्तै ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर गडतौला, ४५ वर्षीय दिपक ढुंगाना, ४५ वर्षीय योगराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता मगर,, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रविन पोखरेल र २२ वर्षीय गणेश श्रेष्ठ पक्राउ परेका प्रवक्ता राईले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्