नेकपा फुट्दैन, म एकताको पक्षमा छु : गौतम – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा फुट्दैन, म एकताको पक्षमा छु : गौतम

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।
सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी नफुट्ने बताएका छन् । गौतमले एकता हुनु र फुट्नु सृष्टिको नियम भएको बताउँदै अहिल्यै नै पार्टी नफुट्ने बताएका हुन् । दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा उनले पछिल्लो समय पार्टी भित्र देखिएका समस्याको विषयमा बोल्दै पार्टी एकता भएपछि फुट्न पनि सक्ने बताए ।

आफू सधै पार्टी एकताको पक्षमा भएको स्पष्ट पार्दै उपाध्यक्ष गौतमलले एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताए । पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पाना आफ्नो सपना भएको बताउदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको बताए ।

नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भिरतका साथ लाग्न सुझाव दिए ।

कार्यक्रमको सहजीकरण नगर प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्