दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा

    मा प्रकाशित

केएल पीडित

मंसिर ६, काठमाडौं ।

देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई उछिनेर दाङकी चेली डा. निगाता मिस नेपाल २०२० को फाइनलमा पुगेकी छन् । नेतृत्व विकास, व्यक्तित्व विकास, महिला सशक्तीकरण लगायत अन्य जीवन व्यवहार सम्बधी सीप र कलाबारे ३ महिने प्रशिक्षण सकाएकी निगाता अन्तिम तयारीका लागि आइतबारदेखि २ हप्तासम्म क्लोज क्याम्पमा जाँदैछिन् ।

क्लोज क्याम्पमा फाइनल राउण्डमा गरिने प्रस्तुतिकरणबारे प्रशिक्षण हुने निगाताले बताइन् । द हिडन टिजर्सले आयोजना गरेको मिस नेपाल २०२० मंसीर २० गते फाइनल हुँदैछ । प्रतियोगितामा विभिन्न विधासहित उपाधिका लागि निगाता कडा मिहेनत गरिरहेकी छिन् ।

घोराही १५ रतनपुर निवासी बिष्णुबहादुर केसी र ललिता केसीकी कान्छी छोरी डा. निगाता पढाइ लगायत अन्य क्षेत्रमा उत्तिकै अब्बल छिन् । कला क्षेत्रमा विशेष रुचि राख्ने निगाताले चिकित्सा विषयमा एमबिबिएस सकाएकी छिन् ।

वहुप्रतिभाशाली एवं आकर्षक व्यक्तित्वकी धनी २४ वर्षीया निगाताको उचाइ ५ फिट ५ इन्च छ । भविष्यमा छाला रोग विशेषज्ञ बनेर एसिड आक्रमण पीडितहरुको सेवा र उपचारमा संलग्न हुने डा. निगाताको लक्ष्य छ ।

आफ्नो लक्ष्य र सपना पूरा गर्न मिस नेपालमा सहभागी भएको बताउने निगाता प्रतियोगितामा विभिन्न बिधासहित उपाधिको लागि अन्तिम प्रतिष्पर्धा गर्दैछिन् । प्रतियोगिताको अन्तिम तयारी चलिरहँदा आयोजक हिडन टिजर्सले मिस पपुलर च्वाइस अवार्डको लागि मतदान खुल्ला गरेको छ । यो अवार्डका लागि निगाताले आफूलाई भोट गर्न सबैलाई अपील गरेकी छिन् ।

आइएमइ पे (Ime Pay app) एप डाउनलोड गरी सो मार्फत प्रतिष्पर्धी नं. ७ की निगातालाई भोट गर्न सकिन्छ । मिस नेपाल २०२० को फाइनलमा २१ जना प्रतिष्पर्धीहरु छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्