बरिष्ठ चिकित्सक ध्रुव शर्मा मुडभरीको निधन – Kanika Khabar
Monday, May 25Nepali News Portal

बरिष्ठ चिकित्सक ध्रुव शर्मा मुडभरीको निधन

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, काठमाडौँ ।
कोरोना सङ्क्रमित वरिष्ठ शल्यचिकित्सक ध्रुव शर्मा मुडभरीको निधन भएको छ । डा मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा आज शनिबार दिउँसो निधन भएको हो।

ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। ७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए।

आइसियुमा उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो । ओम अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्मा नेपालका वरिष्ठ सर्जन थिए।

डा. मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्