विश्वभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १ करोड ६६ लाख – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विश्वभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १ करोड ६६ लाख

    मा प्रकाशित

एजेन्सी ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको एक वर्ष पुग्दा विश्वभरका सक्रिय सङ्क्रमितको संख्या १ करोड ६६ लाख रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७६ हजार ५७६ जनामा सङ्क्रमण भएको छ ।

योसँगै विश्वभर सक्रिय सङ्क्रमितको संख्या १ करोड ६६ लाख ३० हजार ३७८ पुगेको छ । यसमध्ये १ लाख २ हजार ३९१ जनाको अवस्थागम्भीर रहेको कोरोना सम्बन्धि अपडेट गराइरहेको वल्डमिर्टरसले जनाएको छ ।  कुल सङ्क्रमितको संख्याभने ५ करोड ८४ लाख७५ हजार ७४९ पुगेको छ । त्यसमध्ये ४ करोड ४ लाख ५९ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१९ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यानगुमाउनेको संख्या १३ लाख ८५ हजार ७७५ पुगेको छ ।

दोस्रोलहरको सङ्क्रमण उच्चभएको युरोपमामात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८९८ जनाको मृत्यु भएको छ । युरोपेलीमुलुकमाकोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।  जाडो मौसमसँग सङ्क्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ । युरोपमाभने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४९ हजार २६१ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समापनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्