विदेशबाट आउने अनिवार्य १४ दिन क्वारअन्टिनमा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

विदेशबाट आउने अनिवार्य १४ दिन क्वारअन्टिनमा

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
विदेशबाट स्वदेश आउनेले अब अनिवार्य रूपमा १४ दिन क्वारअन्टिनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको हिजो आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा= जागेश्वर गौतमका अनुसार यसअघि भएका सबै व्यवस्था खारेज गर्दै अब हवाई र स्थलमार्गबाट नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारअन्टिनमा राख्ने निर्णय भएको बताए।

यसका लागि कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिने पनि उनले बताए। क्वारअन्टिन बसाइको क्रममा लक्षण वा चिह्न देखिएका व्यक्तिको मात्र परीक्षण गरिने गौतमले बताए

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्