रोल्वालिङ अस्पतालमा शारीरिक रुपमा अशक्तलाई ५० प्रतिशत छुट – Kanika Khabar
Saturday, January 17Nepali News Portal

रोल्वालिङ अस्पतालमा शारीरिक रुपमा अशक्तलाई ५० प्रतिशत छुट

    मा प्रकाशित

रासस
चरिकोट । दोलखाको उत्तरी क्षेत्र सिङ्गटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालले शारीरिक रुपमा अशक्त रहेका नागरिकको उपचारमा ५० प्रतिशत छुट दिदैं आएको छ । नेपाल सरकारबाट नागरिकलाई दिने सिएमसी, गर्भवती सेवा प्राइभेट अस्पताल रोल्वालिङ सामुदायिक अस्पतालले दिँदै आएको छ ।

दुर्गम गाउँमा रहेको अस्पतालले थाइराइडको चेकजाँच गरी एक घण्टामै नागरिकलाई रिपोर्ट दिने गरेको अस्पतालका प्रोपाइटर सुब्बा खड्काले जानकारी दिए । दुर्गम भेगका नागरिकले सुविधायुक्त स्वास्थ्य सेवा पाएका छन् ।

पन्ध्र श्ययाको सो अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक, शल्यक्रिया, सघन उपचार र प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा उपलब्ध गराउनुका साथै, विशेषज्ञ, फार्मेसी र फिजियोथेरापी सेवा तथा वातावरण व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ । दोलखाको कालीञ्चोक, बिगु र गौरिशङ्कर गाउँपालिकाका करीब ८० हजार नागरिक यो अस्पतालबाट लाभान्वित हुँदै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्