सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित – Kanika Khabar
Saturday, January 17Nepali News Portal

सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित

    मा प्रकाशित

एजेन्सी/
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

काडिजको मैदानमा सोसिडाडलाई जित दिलाउन एलेक्जेन्डर इसाकले निर्णायक गोल गरे ।

खेलको ६६औँ मिनेटमा इसाकले निर्णायक गोल गरेका हुन् । काडिजविरुद्धको जितसँगै सोसिडाडले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

सोसिडाडले १० खेलमा २३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको २० अंक जोडेको छ ।

काडिज १४ अंक जोडेर छैठौँ स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्