कोरोनाका कारण विश्वभर १३ लाख ९५ हजारको मृत्यु – Kanika Khabar
Friday, March 13Nepali News Portal

कोरोनाका कारण विश्वभर १३ लाख ९५ हजारको मृत्यु

    मा प्रकाशित

मंसिर ८, दाङ ।

विश्वभर हालसम्म कोरोना भाइरसका कारण १३ लाख ९५ हजार मानिसको मृत्यु भएको छ । विश्वभरि कोरोनाका कारण ५ करोड ९० लाख मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्ये ४ करोड ८३ लाख ८ हजार मानिस भने उपचार पछि निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा २ लाख ६२ हजारको मृत्यु भएको छ । यस्तै भारतमा १ लाख ३३ हजारको मृत्इु भएको छ भने ब्राजिलमा १ लाख ६९ हजार मानिसको मृत्यु भएको छ ।
यसैबीच,बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप सङ्ंक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । युनिभर्सिटीका अनुसार अन्तिम चरणको मानव परीक्षणमा यो खोप कोभिड–१९ विरुद्ध ७० प्रतिशत प्रभावकारी पाइएको हो ।

यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले बनाइरहेको खोप भने सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको थियो । अक्सफोर्डले बनाएको खोप भने अरु दुई खोपको तुलनामा निकै सस्तो र भण्डारण गर्न सजिलो हुने पनि बताइएको छ । यो खोपको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ । जसबाट पाँच करोड मानिसलाई खोप दिन सकिने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्