इंग्ल्यान्डमा सीमित दर्शकलाई रंगशालामा बसेर खेल हेर्ने अनुमति – Kanika Khabar
Sunday, March 15Nepali News Portal

इंग्ल्यान्डमा सीमित दर्शकलाई रंगशालामा बसेर खेल हेर्ने अनुमति

    मा प्रकाशित

एजेन्सी ।
इंग्ल्यान्ड सरकारले सिमित दर्शकलाई रंगशालामा बसेर खेल हेर्ने अनुमति दिएको छ । इंग्ल्यान्ड सरकारले सोमबार डिसेम्बर २ पछि सिमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्यान्डमा लगाईएको लकडाउन अन्त्यपछि ४ हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने बताउनुभएको छ । इंग्ल्यान्डमा डिसेम्बर २ बाट लकडाउन अन्त्य हुँदैछ । तर, कम जोखिम क्षेत्रहरुमा मात्र दर्शकलाई प्रवेशको अनुमति दिईने बताईएको छ । कोरोना भाईरसको महामारीपछि इंग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा भईरहेको छ । गत मार्चपछि इंग्ल्यान्डको खेलकुद गतिविधिमा दर्शकलाई निषेध गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्