यस्तो छ संक्रमितको भारत – दाङ यात्रा – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

यस्तो छ संक्रमितको भारत – दाङ यात्रा

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २, जेठ ।

देउखुरीका दुईजना कोरोना संक्रमित हप्ता दिन अघि भारतबाट नेपाल आईपुगे । गोरखपुरबाट आएका एक संक्रमित साईकल हुँदै नेपाल प्रवेश गरेका थिए । कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल भित्रिएका उनीहरु त्यही नाकामै क्वारेन्टाईनमा बसेका थिए ।
गोरखपुरबाट साईकल हुँदै आएका दुईजनाले उक्त क्वारेन्टाईनमा बस्न निकै असहज भएको भन्दै दाङ आउने प्रयास थाले । उनीहरुले स्थानीय सरकारलाई अनुरोध गरे ‘हामीहरु दाङ आउन चाहन्छौँ, हामी बसेको क्वारेन्टाईन बस्नका लागि निकै असहज छ ।’ गढवा गाउँपालिकाले उनीहरुलाई त्यहीँ क्वारेन्टाईनमै बस्न आग्रह गर्यो । ‘तपाईहरु जहाँ बस्नु भएको , त्यहीँ क्वारेन्टाईनमै बस्नुस् भनेर मैले आग्रह गरेको थिएँ,’ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने । तर उनीहरुले चेतावनी दिन थाले ‘हामी भाग्छौँ ।’ गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसी अधिकारी उनीहरु भाग्न सक्ने खतरा देखि सजग बने । ‘हामी भाग्छौँ भनेर चेतावनी नै दिन थालेपछि मैले यसको खतरा झनै देखेँ,’ अधिकारीले भने ‘अनि मैले नै उनीहरुलाई सुरक्षित तरिकाले दाङ ल्याउने उपाय खोज्न थालेँ ।’ अधिकारीले गोरखपुरबाट आएका दुईजना ( जसले भाग्ने चेतावनी दिएका थिए) लाई लिनका लागि गत जेठ १ मा एम्बुलेन्स कृष्णनगर पठाए । तर उनीहरु दुईजनासंगै अन्य पाँच जना उक्त एम्बुलेन्समा कोचिए । त्यही मध्येका मुम्बईबाट आएका अर्का एकजना कोरोना संक्रमित भेटिए । ‘मैले गोरखपुरबाट आएका दुईजनालाई मात्रै ल्याउनका लागि भनेर एम्बुलेन्स पठाएको थिएँ,’ वडा अध्यक्ष अधिकारीले भने ‘तर उताबाट अरु मान्छे पनि कोचिदिए छन्, त्यही मध्यको अर्का एकजनामा कोरोना संक्रमण फेला पर्यो, गोरखपुरबाट आएका एकजना र एम्बुलेन्समा थपिएका मुम्बईबाट आएका अर्को एकजनामा पुष्टि भएको हो ।’
एम्बुलेन्समा हालेर ल्याईएका उनीहरुलाई सिधै क्वारेन्टाईनमा पुर्‍याइयो । शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाव जाँचका क्रममा दुईजनामा कोरोना पुष्टि भयो । क्वारेन्टाईनमै बसेकाले उनीहरुको सम्पर्क परिवारका सदस्य तथा गाउँका अन्य कसैसँग पनि सम्पर्क भने हुन पाएन । कसैसँग पनि सम्पर्क नभएकाले उनीहरुका कारण संक्रमणको त्रास भने नरहेको गाउँपालिकाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्