संसदको हिउँदे अधिवेशनमा आनाकानी : डा. सङ्ग्रौला – Kanika Khabar
Friday, April 26Nepali News Portal

संसदको हिउँदे अधिवेशनमा आनाकानी : डा. सङ्ग्रौला

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, दाङ ।
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले सरकारले सिंसदको हिउँदे अधिवेशन बोलाउन आनाकानी गरेको बताएकी छिन् । उनले सरकारले कोरोनाको बहानामा महत्वपूर्ण कामलाई पन्छाउँदै लगेको पनि बताइन् ।
सरकारले कुनै पनि आनाकानी नगरी संसदको अधिवेशन डाक्न पर्ने उनले बताइन् । उनले भनिन्, ‘कपा पार्टी र सरकारको आपसी अन्तरकलह ,किचलो र वैमनस्यताले गत बैशाख २६ गते प्रारम्भ भएको संसदको बर्से अधिबेशन २ महिना नपुग्दै हठात रुपले १८ असारमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था संसदको अन्त्य गरी सरकार स्वच्छचारी रुपले जनताप्रति जवाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिई निरंकुशताको बाटोमा अग्रसर हुन पुग्यो ।’

उनले थपिन्, ‘कोरोना भाइरसको महामारीले सृजित समस्या ,कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरुले संसदमा बुलन्द गरी घच्घच्याई सचेत गराउने कार्यलाई प्रतिबन्ध गरी नागरिकतादेखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण बिधेयकहरुलाई थाती राख्न बाध्य पारियो । संसदलाई छल्दै भटाभट अध्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पुर्याइएको हुँदा अबिलम्ब संसद अधिबेशन आह्वान गरी जनताको आवाजलाई मुखरित गरियोस् । निरंकुशताको शैलीले हैन कि संविधान र लोकतान्त्रिक पद्दतिको मान्यतामा दृढ भै संसदबाट कुनै पनि समस्याको हल खोजियोस् । संसद अधिबेशन बोलाउन आनाकानी नगरियोस् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्