कोरोना अपडेट : थप १९४८ जनामा पुष्टि, थप ३१४० जना डिस्चार्ज र थप २८ जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना अपडेट : थप १९४८ जनामा पुष्टि, थप ३१४० जना डिस्चार्ज र थप २८ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ३१४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार९९८पुगेको छ ।

 

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्