बुटवलमा कार दुर्घटनाग्रस्त, दुई जना घाईते – Kanika Khabar
Sunday, March 15Nepali News Portal

बुटवलमा कार दुर्घटनाग्रस्त, दुई जना घाईते

    मा प्रकाशित

नारायण वली
मंसिर १०, बुटवल ।


बुटवलको कालिकानगरमा बुधवार (आज) कार दुर्घटना भएको छ । बुटवल बाट भैरहवा तर्फ जाँदै गरेको बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडि दुर्घटना भएको हो ।

कारमा सवार दुई जना रहेको र दुर्घटना बाट दुवै जना घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाईते दुवैको उपचारका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको बताईएको छ ।

तीव्र गतिका कारण कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर वायाँ तर्फ गुडिरहेको कार दायाँ तर्फको सडकमा पुगेको छ । दुर्घटना बाट कार क्षतिग्रस्त भएको छ । दुर्घघटना वारे थप अनुसन्धान भैरहेको रुपन्देही प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्