तुलसीपुरका सङ्क्रमितकाे ट्राभल हिस्ट्री – Kanika Khabar
Saturday, April 20Nepali News Portal

तुलसीपुरका सङ्क्रमितकाे ट्राभल हिस्ट्री

    मा प्रकाशित

 कनिका संवाददाता

जेठ ३, दाङ ।

तुलसीपुरका कोरोना संक्रमित भनिएका व्यक्तिले चैत्र २७ गते दाङ छाडेको खुल्न आएको छ । बहिनी जुवाँइको उपचारका लागि उनी काठमाडौ भएका हुन् ।

शान्तिनगर ५ बस्ने बहिनी जुवाँइको टाउँकोको उपचारका लागि उनी काठमाडौँ गएका थिए । “२५ गतेबाट दुई दिन तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार गरेर २७ गते नेपालगञ्ज लगिएको हो ” संक्रमितकी आमाले बताइन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्ने क्रममा उनी २८ गते नै एम्बुलेन्सबाट काठमाडौ गएको देखिन्छ ।

उनी काठमाडौ शिक्षण अस्पतालमा २९ गते विहान साढे २ बजे पुगेको ट्राभल हिस्ट्रिले देखाउँछ । शिक्षण अस्पतालमा भर्ना गरे यता उनी त्यहीँ बसेर विरामीको हेरचाह गर्दै आएका छन् । “गएदेखि अहिलेसम्म पनि आएको छैन” उनको परिवार स्रोतले बतायो । संक्रमित व्यक्ति यो भन्दा अगाडि कतै नगएको पनि खुल्न आएको छ । जुवाईको उपचारका लागि उनी र बहिनी त्यहाँ रहेका छन् । बिरामी र उनकी श्रीमतीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरु काठमाडौमा अस्पतालको न्युरो वार्डमा बसेर उपचार गरिरहेका थिए । शुक्रबार उनीहरुलाई डिस्चार्ज गर्ने अस्पतालले तयारी गरिरहेको बेलामा अचानक कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालमै संक्रमण फैलिएको आशंका गरिएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले संक्रमितको परिवारमा रहेका ६ जनाको र्यापिड टेस्टको तयारी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्