कसैले एक्लो महसुस गर्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कसैले एक्लो महसुस गर्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि एक्लो छु भनेर महसुस गर्न नपर्ने बताएका छन् । सबैको साथमा राज्य भएको उनले बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताए ।

अनाथ, असहाय तथा सहाराविहीनको साथमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ,’ ओलीले भिडियो सन्देशमा भने ।

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्