कनिका खबर
मंसिर ११, काठमाडौँ ।
सरकारले विपन्न बेरोजगार व्यक्तिको फारामको विवरण रोजगार व्यवस्थापन प्रणालीमा दर्ता गर्ने समयसिमा थपेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका अन्तरगत बेरोजगार व्यक्तिको विवरण सूचिकरण प्रकृयाका सम्पूर्ण चरण पूरा गरिसकेकाको हकमा मंसिर १५ गते भित्र दर्ता गरिसक्न ७ सय ५३ वटै स्थानीय तहलाई समयसिमा दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्तिक २८ गते बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेपछि त्यसै अनुसार सबै स्थानीय तहलाई परिपत्र गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिपन्न बेरोगार व्यक्तिको विवरण सूचिकरण गरेर दर्ता गर्ने समयसिमा असोज २० गतेसम्मका लागि मात्र तोकेको थियो । मंसीर १५ गतेसम्म दर्ता भएका बेरोजगार व्यक्तिको संख्याको आधारमा बाँकी रहेको शसर्त अनुदान निकासा पठाइने पनि मन्त्रालयले जनाएको छ ।
मा प्रकाशित


