कनिका खबर
मंसिर ११, दाङ ।
दाङमा आइटेल मोबाइल एकै दिनमा एघार हजार पिस सेल्स भएको हो । दाङमा बिक्री वितरण भैरहेका अधिकांश मोबाइल ब्रान्डहरुमा आइटेल ब्रान्डको यो पहिलो कृतिमानी हो । गत वर्षदेखि दाङ लगायत सल्यान र रुकुम जिल्लाको लागि आधिकारिक डिलरको रुपमा रहेको इलेक्ट्रो वल्र्ड घोराहीले उक्त परिणाममा मोबाइल सेल्स गर्न सफल भएको हो । सो अवसरमा दाङको घोराहीमा केक काटेर आगामी दिनमा पनि यसरी नै काम गर्ने प्रतिबद्धता सहित रिटेलर तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरीएको हो ।
१०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी र १ वर्षको वारेन्टी सहित बजारमा आएको आइटेल मोबाइल अम्बे गु्रप मार्फत सञ्चालनमा आएको महालक्ष्मी मोबाइल प्रालिले नेपालमा बिक्री वितरण गरिरहेको छ । यो ब्रान्ड नेपाली बजारमा अत्यधिक रुचाइएको ब्रान्ड भएको र यो मोबाइल निकै बलियो र निम्न वर्गका ग्राहकहरुले पनि प्रयोग गर्न सकिने यस कम्पनीका सेल्स म्यानेजर मनिस कुमार गुप्ताले बताए ।
साथै उनले ग्राहकले रोजे जस्तो र खोजे जस्तो भएका कारण सबैले यो मोबाइल प्रयोग गर्न पनि अपील गरे । साथै उनले आइटेल मोबाइलको बारेमा प्रष्ट समेत पारेका थिए । कार्यक्रममा उपस्थित सबैले आ–आफ्नो धारणा सहित शुभकामना पनि व्यक्त गरेका थिए ।
इलेक्ट्रोवल्डका सञ्चालक शिवराज जिसीको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो भने महालक्ष्मी मोबाइल प्रालिका सेल्स म्यानेजर मनिस कुमार गुप्ता र मोबाइल डिलर संघ दाङका अध्यक्ष राज रानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साथै कार्यक्रम आइटेल मोबाइलका दाङ सर्भिस पार्टनर सरद शर्मा लगायत रिटेलरहरुको उपस्थितिमा भएको थियो भने कार्यक्रमको सहजीकरण महालक्ष्मी मोबाइल प्रालिका एरिया सेल्स म्यानेजर दिपक वलीले गरेका थिए ।


