रौतहटको सीमा नाका आजबाट खुला – Kanika Khabar
Sunday, January 18Nepali News Portal

रौतहटको सीमा नाका आजबाट खुला

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, रौतहट
रौतहटको गौर–बैरगनिया बोर्डर आजबाट सञ्चालनमा आएको छ । रौतहटको सीमा नाका खुलाउनु पर्ने माग गर्दै नागरिक समाजको अगुवाइमा प्रदर्शन तथा धर्ना कार्यक्रम निरन्तर हँुदै आएपछि आजबाट नाका खोलिएको हो । नाका खुलेपछि तत्कालका लागि शव बाहन, एम्बुलेन्स, पैदल यात्री र जयन्तीका गाडीहरु आवतजावत गर्न मात्र पाउने छन् । भारतीय पक्षबाट नाका खुल्ला नगरेकाले तत्काल आवतजावतमा सहज परिस्थिति नरहेको पनि बताइएको छ । भारतीय पक्षले पनि नाका खुलाएमा आवतजावतमा सहज हुने छ । भारतिय सीमा नाका खोल्नु पर्ने माग राख्दै निरन्तर अभियान थाल्नु हुने नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी, जनता समाजवादी पार्टी नेताहरु रेवन्त झा, अजय गुप्ता, अनिल सिंह लगायतका नाका खुलाउने अभियानमा धर्ना बस्दै आएका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्