कुखुराको खोरमा जुवा खेल्दै गरेका १९ जना पक्राउ – Kanika Khabar
Sunday, May 10Nepali News Portal

कुखुराको खोरमा जुवा खेल्दै गरेका १९ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, तनहुँ
जिल्लाको व्यास १२ छिर्कनेमा कुखुराको खोरमा जुवा खेलिरहेका १९ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । सादा पोषाकमा रहेका प्रहरी टोलीले बेलघारीस्थित एक घरबाट कौडा खेल्दै गरेका १९ जनाको साथबाखट नगद तीन लाख १० हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट गएको ईन्स्पेक्टर प्रकाश भुषाल नेतृत्वको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका सबैजिना वरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । यसबारे विस्तृत विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्