दाङ कोरोना अस्पतालमा १३ जनाको उपचार हुँदै, सबैको अवस्था सामान्य – Kanika Khabar
Saturday, April 18Nepali News Portal

दाङ कोरोना अस्पतालमा १३ जनाको उपचार हुँदै, सबैको अवस्था सामान्य

    मा प्रकाशित

कनिका संवाददाता

जेठ ३, दाङ ।

दाङ बेलझुण्डिस्थित प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचारत सबै संक्रमितमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । यो अस्पतालमा १३ जना संक्रमितको उपचार भैरहेको छ । दाङ सहित बाँके र कपिलवस्तुका १३ जनाको यो अस्पतालमा उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार बिरामीहरु सबैको अवस्था समान्य छ । शर्माका अनुसार दाङका २, बाँकेका ८, र कपिलवस्तुका ३ जनाको उपचार भैरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले अनुसार कुनै पनि बिरामीमा कोरोनाको लक्षण नदेखिएको र सबैको अवस्था सामान्य रहेको जानकारी दिए । ‘उहाँहरु कसैमा पनि कोरोनाको लक्षण देखा परेको छैन, सबैको अवस्था सामान्य छ ,’ उनले भने ‘उहाँहरु बिरामी भएर चेकजाँच गरिएको नभई संक्रमणको आशंकामा गरिएको परीक्षण भएकाले लक्षण देखा नपरेको हो ।’ यो अस्पतालमा भने दाङमै शुक्रवार फेला परेका दुई जना सहित शुक्रबारै बाँके र कपिलवस्तुमा भेटिएका बिरामीहरुलाई ल्याईएको थियो ।

दाङमा अन्यत्रबाट बिरामी ल्याईँदा जिल्लाबासीमा कोरोना संक्रमण हुन सक्ने भन्दै यसअघि जिल्लामा विवाद समेत भएको थियो । तर पाँच नम्बर प्रदेश सरकारले प्रदेशका जुनसुकै जिल्लाबाट बिरामी ल्याएर उपचार गर्ने निर्णय गरेपछि यो अस्पतालमा अन्य जिल्लाबाट बिरामी ल्याएर उपचार थालिएको हो । यसअघि यो अस्पतालमा कोरोना संक्रमित आशंका गरिएकाहरुलाई आईसाेलेसनमा राख्दै आईएको थियो । तर अब बिरामीहरुलाई उपचार गरेर राख्नु पर्नेभएकाले संकास्पदहरुलाई भने नराखिने डा. शर्माले जानकारी दिए । ‘संक्रमण पुष्टि भएका बिरामीहरु नआउँदासम्म हामीहरुले शंकास्पदहरुलाई राख्दै आएका थियौँ,’ उनले भने ‘तर अब बिरामीहरुको उपचार गर्नुपर्ने भएकाले शंकास्पदहरुलाई राखिने छैन ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्