डिजिटल सिटीको अभियानमा बुटवल – Kanika Khabar
Wednesday, January 26Nepali News Portal

डिजिटल सिटीको अभियानमा बुटवल

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, बुटवल ।
बुटवलमा डिजिटल सिटीको अभियान सुरु भएको छ । सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकाले शुरु गरेको विद्युतीय भुक्तानी प्रणालीको उद्‍घाटन गर्दै डिजिटल सिटीको अभियान सुरु भएको बताएका छन् ।
कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुने उनले बताए । बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको बाटोमा महत्वपूर्ण कदम चालेको उनले बताए ।
उपमहानगरपालिकाले राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्थाको शुरुवात गरेको हो ।

उपमहानगरपालिका र यसअन्तर्गत १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट राजश्व सङ्कलन शुरु गरिएको हो । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजश्व बुझाउन सकिनेछ ।

मन्त्री पौडेलले बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलव्ध गराउन उपमहानगरलाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै उपमहानगरलाई सेवा केन्द्रका रुपमा विकास गरिएको बताए ।

त्यससँगै यहाँका करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जिपिएस र जिआइएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ । अहिले शुरु गरिएको ई–पेमेन्ट सिस्टमसँगै बुटवलले डिजिटल प्रविधिमा अर्को फड्को मारेको छ । जनप्रतिनिधि आएपछि वृद्धि हुँदै गएको राजश्व सङ्कलन अनलाइन प्रणालीको प्रयोगसँगै अझै बढ्ने उपमहानगरपालिको विश्वास छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्