सुडानका प्रधानमन्त्रीको कोरानाका कारण मृत्यु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सुडानका प्रधानमन्त्रीको कोरानाका कारण मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको निधन भएको छ ।

कोरोना संक्रमित ८४ वर्षीय मेहदीको बिहिबार निधन भएको हो ।

मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए ।

उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेका थिए ।

तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो ।

मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ ।’

सुडानमा अहिलेसम्म १७ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एक हजार २०० व्यक्तिको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्