फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी – Kanika Khabar
Friday, April 26Nepali News Portal

फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी

    मा प्रकाशित

एजेन्सी/

विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । उनको अर्जेन्टिनाको ब्युनस आयर्सस्थित  चिहान घरमा अन्त्येष्टि गरिएको हो ।

उनको कफिन लगिँदै गर्दा भने ठूलो संख्यामा उनका फ्यानहरुले अन्तिम बिदाई गरेका थिए ।

तस्वीर : रोयटर्स

म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भीड अत्याधिक भएपछि प्रहरीले अश्रु ग्यास र रबर बुलेटसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको हो ।

तस्वीर : रोयटर्स

घरमै रहेका बेला उनलाई बुधबार हृदयघात भएको थियो । ६० वर्षका म्याराडोनाको दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्