गुल्मी दुर्घटना अपडेट : मृतक पाँच जनाकै सनाखत – Kanika Khabar
Saturday, January 17Nepali News Portal

गुल्मी दुर्घटना अपडेट : मृतक पाँच जनाकै सनाखत

    मा प्रकाशित

मंसिर १२, गुल्मी ।
गुल्मीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका पाँच जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान , ३३ का शिवबहादुर दर्लामी , ३० वर्षका बसन्त दर्लामी , ३३ वर्षका धनबहादुर अछामी र मालिका ५ का बर्ष ८० की सुन्दरी थापाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । इश्माकै वडा नं ४ का १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे ७ बजेतिर दुर्घटना भएको थियो । प्रहरीले जीपका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्