लम्बोदरलाई सात दिन थुनामा राखेर अनुसन्धान गरिने – Kanika Khabar
Sunday, January 18Nepali News Portal

लम्बोदरलाई सात दिन थुनामा राखेर अनुसन्धान गरिने

    मा प्रकाशित

मंसिर १२, भक्तपुर ।
नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । भक्तपुर जिल्ला अदालतले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० मंसिरमा काठमाडौँ चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएपछि न्यौपाने फरार थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्