लम्बोदरलाई सात दिन थुनामा राखेर अनुसन्धान गरिने – Kanika Khabar
Friday, April 26Nepali News Portal

लम्बोदरलाई सात दिन थुनामा राखेर अनुसन्धान गरिने

    मा प्रकाशित

मंसिर १२, भक्तपुर ।
नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । भक्तपुर जिल्ला अदालतले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० मंसिरमा काठमाडौँ चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएपछि न्यौपाने फरार थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्