सशस्त्र द्वन्द्वमा वेपत्ता परिवारका सदस्यहरुको गुनासै गुनासा – Kanika Khabar
Friday, April 26Nepali News Portal

सशस्त्र द्वन्द्वमा वेपत्ता परिवारका सदस्यहरुको गुनासै गुनासा

    मा प्रकाशित

हस्त चौलागाँई
मंसिर १२, कालिकोट ।

नेपालमा चलेको १० वर्षे द्वन्द्वले धेरैले भौतिक तथा शारीरीक क्षति बेहोर्नु प¥र्यो । कतिपयका आफन्तहरु अहिले सम्म बेपत्ता छन् । कति मानिसहरु घाइते भएर जीवन विताउदै आएका छन् । कतिका परिवार गुमे, धेरैले अंगभंग हुनपर्यो ।
द्वन्द्वका कारण राज्यले व्यहोरेको भौतिक क्षति पनि कम छैन । मुलकुमा शान्ति सम्झौता भई द्वन्द्व समाधान भएको पनि १४ वर्ष वितिसक्यो । तर, द्वन्द्वका कारण राज्य वा विद्रोही पक्षबाट अन्यायमा परेका नागरिकहरुको अवस्था र उनीहरुको जीवनचर्या हेर्ने हो भने दर्दनाक छ । पीडित पक्षले अहिलेसम्म न्याय पाएका छैनन् ।
द्वन्द्वका कारण बेपत्ता भएकाका परिवार आफन्त आउलान् भन्ने आशमा बाटो कुरेरै बसेका छन् । रास्कोट नगरपालिका वडा नम्बर २ का गेल्जने दमाइका भाई संकटकालदेखि अहिलेसम्म बेपत्ता छन् । उनको कुनै पनी खबर आफन्तले थाहा पाएका छैनन् । द्वन्द्वका कारण श्रीमान बेपत्ता भएका सान्निवित्रेणी गाउँपालिका–६ कि सुपारी लुहारले श्रीमानको बाटो कुर्दै बसेको १८ वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ । ’ उनले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको पीडित पहिचान तथा परिचयपत्र वितरण सम्बन्धमा कालीकोटमा आयोजना गरिएको अन्तरिक्रया कार्यक्रममा यस्तो गुनासो गरे ।
आफ्नो बुवा वेपत्ता भएको बर्षौ वित्दा पनि अहिलेसम्म जीवित छन् वा मृत फेला पर्न नसकेको स्थानीय नरेन्द्र बोगटीले बताए । बोगटीकै जस्तो पीडा अहिले वडा सरकार चलाईरहेका जिल्लाको सान्निवित्रेणी गाउँपालिका–६ का वडाध्यक्ष रंगराज सार्कीको पनि छ । सार्कीका २ भाइलाई राज्यद्वारा बेपत्ता पारिएको थियो अहिले सम्म पत्ता लागेको छैन ।
कालीकोटका धेरै व्यक्तिले सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका छन् । द्वन्द्वपछि शान्ति सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । द्धन्द्धको बेला कुनै पनि प्रकारले बेपत्ता परेकाको राज्यले खोजिगर्नुपर्ने कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्