भारत र पाकिस्तानको सीमामा फाइरिङ एक नेपाली सहित २ जनाको मृत्यु – Kanika Khabar
Thursday, June 25Nepali News Portal

भारत र पाकिस्तानको सीमामा फाइरिङ एक नेपाली सहित २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १२, दाङ ।
भारत—पाकिस्तानको सीमामा फायरिङ भएको छ । फाइरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ ।

शुक्रवार जम्मू—कश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो ।

सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो ।

अनुसार शुक्रबार बिहान जम्मू कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गरेका थिए। सो घटनामा गम्भीर घाइते भएका खत्रीको अस्पतालमा निधन भएको हो।

यता मृतक खत्री दाङका रहेको बताइएको छ। उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको जनाइएको छ। भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्