साना किसान सहकारीको पाचौं साधारणसभा सम्पन्न – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

साना किसान सहकारीको पाचौं साधारणसभा सम्पन्न

    मा प्रकाशित

रबिन्द्र यादव
मंसिर १२, नवलपरासी पश्चिम ।

सौजन्य साना किसान कृषि सहकारी संस्था प्रतापपुर ( ८ पिपरपातीको पाँचौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष राजेश सिंह थापाको अध्यक्षता तथा राज्य सभा सदस्य रामलखन हरिजनको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सभा सदस्य हरिजनले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिने बताएका छन । आफूले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकाले सहकारी हरेक व्क्तिको लागि आवश्यक रहेकोमा जोड दिए । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको समेत बताए ।

कार्यक्रममा प्रतापपुर गाऊँपालिका वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी,नर्सही साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष नन्दलाल गुप्ता , साना किसान कृषि सहकारी सस्था त्रिवेणीका प्रबन्धक सरिता शर्मा लगायतहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सहकारीले २ लाख ३६ हजार ७२ रुपैयाँ बराबरको नाफा गरेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले बताए । अहिले उक्त सहकारीले १५ धुर जग्गा किनी सकेको समेत जनाएको छ । सहकारीले एक सय ८ समूह बनाई कार्य क्षेत्र विभाजन गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्