अभियन्ताहरु जसले दाङमा सेवाघर खोले – Kanika Khabar
Friday, March 29Nepali News Portal

अभियन्ताहरु जसले दाङमा सेवाघर खोले

    मा प्रकाशित

केएल पीडित
दाङ, १३ मंसिर ।
विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपांग, मनोरोगी एवं वेवारिशे व्यक्तिहरुको उद्धार एवं संर गर्ने उद्देश्यले दाङमा सेवाघर सञ्चालन गरिएको छ । मानव कल्याण समाजले घोराही १५ मा मंसिर ६ देखि सेवाघर सञ्चालनमा ल्याएको हो ।

सेवाघरमा हाल १२ जना अशक्त, असहाय र मानसिक रोगीहरु छन् । सेवाघरमा उनीहरुको गास, बास, कपास र औषधि उपचारको व्यवस्था गरिएको अभियन्ता सुष्मिता श्रेष्ठले बताइन् ।
दाङमा स्थापना गरिएको यस सेवाघरमा असहायहरुको सेवाका लागि ५ जना अभियन्ता र सेवकको व्यवस्था गरिएको छ ।

सेवाघरलाई लुम्बिनी प्रदेशस्तरीय बनाउने लक्ष्य रहेको संचालक संस्था मानव कल्याण समाजका सचिव बिजय पोख्रेलले जनकारी दिए । मानव सेवाका दृष्टिले लुम्बिनी प्रदेशलाई मानवताको सुन्दर प्रदेश बनाउने आफ्नो संकल्प रहेको सचिव पोख्रेलले बताए।

‘हामी कुनै पनि मान्छेले आफन्त र घरपरिवारबाट परित्यक्त भई वेवारिसे जीवन बिताउनु पर्ने अवस्थाको अन्त्य गर्न चाहन्छौं र व्यक्ति व्यक्तिमा मानवीय मूल्य र मान्यताको विकास गर्न चाहन्छौं’सचिव पोख्रेलले थपे ।

सचिव पोख्रेलका अनुसार उद्दार गरी सेवाघर ल्याइएका व्यक्तिहरुलाई अवस्था सुधारपछि परिवारमा पुनस्मिलन गराइनेछ र घरपरिवारविहीनहरुलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाइनेछ । सेवाघर संचालनको मुख्य श्रोत मुठ्ठीदान, नगद, जिन्सी तथा श्रमदान रहेको सचिव पोख्रेलले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्