बजेटमा अभाव : खानेपानी आयोजनामा प्रभाव – Kanika Khabar
Friday, April 19Nepali News Portal

बजेटमा अभाव : खानेपानी आयोजनामा प्रभाव

    मा प्रकाशित

लिलाधर वली

दाङ, १३ मंसिर ।
दाङमा दुई बर्षको अवधिमा साढे ६ हजार बढी घरमा खानेपानी धारा जडान गरिएको छ । तीन बर्षभित्र जिल्लामा एक घर, घर धारा पु¥याउने प्रदेश सरकारको संकल्प अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले दुई बर्षको अवधिमा ६ हजार ७ सय ७४ घरमा खानेपानीका लागि धारा जडान गरेको हो ।

कार्यालयले गतबर्ष ५ हजार ४ सय ७४ घरमा र यसबर्षको प्रथम चौमासिकमा १ हजार २ सय गरी साढे ६७ सय बढी घरहरुमा धारा जडान गर्न सफल भएको हो । संघीय संरचनामा कार्यालयले स्थापना भएको दुई बर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा खानेपानीको धारा जडानसँगै घरमै खानेपानी सुविधा पु¥याएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेलले जानकारी दिएका छन् ।

‘प्रदेश सरकारको तीन बर्षभित्र जिल्लामा एक घर, एक खानेपानी धारा पु¥याउने लक्ष्यअनुसार खानेपानीको काम भइरहेको छ’, कार्यालय प्रमुख पोख्रेलले भने– ‘करिव दुई बर्षको अवधिमा ५ वटा आयोजना सम्पन्न गरेर साढे ६ घरमा धारा पु¥याएका छाँै ।’ कार्यालय प्रमुख पोख्रेलका अनुसार हालसम्म कार्यालयले घोराही–५ को संगुरेमा ४ सय ४ घरमा धारा, घोराही–१७ को धाइरेखुटीमा एक हजार एक सय १४ घरमा, बंगलाचुली गाउँपालिका–८ हासिपुरमा तीन सय ९७ धारा, बंगलाचुलीकै कुइजातापामा तीन सय १९ र लमही नगरपालिका–१ नर्तीमा तीन हजार दुई ४० धाराहरु जडान गरिएको छ ।

डिभिजन प्रमुख पोख्रेलका अनुसार यसबर्ष करिव जिल्लाका १ सय १८ खानेपानी आयोजनाहरुमध्ये ३५ प्रतिशत खानेपानी आयोजनाहरुको काम सम्पन्न गरेर उपभोक्ताहरुलाई हस्तान्तरण गर्ने समेत बताए । ‘अधिकांश खानेपानी आयोजनाहरुको बोरिङ खन्ने, ट्याक्की निर्माणलगायतको काम सकिएका छन्’, उनले भने–‘अव ट्याङ्कीबाट उपभोक्ताहरुको घरसम्म पानी लैजानका लागि पानी जडान गर्ने काम मात्र छन् । ती योजनाहरु बजेट अभावमा रोकिएका छन्,।’ मन्त्रालयले बजेट दिए जतिसक्यो चाँडै काम सकिने समेत उनले बताए ।

फाउण्डेशनसँगै संरचना निर्माणको काम सकिएपनि पानी सप्लाई गर्नका लागि पाइप विस्तार नहुँदा अधिकांश योजना पुरा हुन नसकेको समेत उनले बताए । ‘विगतका बर्षहरुदेखि नै जिल्लामा सञ्चालन भएका तर पूरा नभएका संघीय सरकारअन्तर्गतका दाङमा ६९ वटा खानेपानी आयोजनाहरु रहेका छन् ।

जुन बजेट अभावका कारण पूरा हुन सकिरहेका छैनन्’, उनले भने– ‘बजेट अभावकै कारण खानेपानीका कतिपय आयोजनाहरु ६–७ बर्षदेखि दश बर्ष अघिससम्मका सम्पन्न हुन सकिरहेका छैनन् ।’ निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरु सम्पन्न गर्नका लागि कार्यालयले सम्बन्धित निकायबाट करिब ३० करोडको बजेट माग गरेको कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रदेश सरकाका १ सय १८ खानेपानी आयोजनाहरुसमेत निर्माणकै चरणमा रहेको उनले बताए । ‘संघीय सरकारअन्तर्गत जिल्लामा सञ्चालित खानेपानी योजनाहरुको जस्तो प्रदेश सरकारबाट सञ्चालित खानेपानीका आयोजनाहरुमा बजेट अभाव नहुँदा विगतमा राम्रै काम भएको थियो’, डिभिजन प्रमुख पोख्रेलले भने– ‘जसले गर्दा यसबर्ष करिब ३० बढी खानेपानी आयोजनाहरु सम्पन्न गर्ने तयारीमा छौ ।’ बाँकी रहेका योजनाहरु अर्को बर्ष पूरा गर्ने लक्ष्य रहे पनि कोरोना प्रदेश सरकारको संकल्प पूरा गर्न समस्या देखिएको छ ।

‘कोरोना महामारीका कारण विगतमा काम गर्न समस्या र अहिले बजेट अभावका कारण प्रदेश सरकारको संकल्प पूरा गर्नमा समस्या देखिएको छ’, उनले भने– ‘यही अवस्थामा अबको दुई बर्षभित्रै सबैका घरमा धारा पु¥याउन समस्या देखिन्छ ।’ बजेट अभावका कारण करिब ७० वटा खानेपानीका आयोजनाहरु टेण्डर हुन नसकेको कार्यालयले जनाएको छ । खानेपानी आयोजनाहरु सञ्चालनका लागि कम्तीमा १० लाख रुपैयाँ हुनुपर्ने भए पनि प्रदेश सरकारले १ लाखदेखि ५ लाखसम्म बजेट बिनियोजन गरेका कारण टेण्टर गर्न समस्या देखिएको हो ।

‘बजेट अभावका कारण यसबर्ष करिब ६०–७० वटा खानेपानी योजनाहरुको टेण्डर हुन सकिरहेको छैन्’, कार्यालय प्रमुख पोख्रेलले भने– ‘कतिपय योजनाहरुमा एक लाख बजेट मात्र छ, यो बजेटले काम शुरु गर्न नै पुग्दैन ।’ यी योजनाहरुलाई टेण्डरका लागि बजेट सुनिश्चितता गरिदिन मन्त्रालयसँग आग्रह गरे पनि कुनै जानकारी नदिएको डिभिजन प्रमुख पोख्रेलले जानकारी दिएका छन् ।

कार्यालयको तथ्यांकअनुसार जिल्लामा करिब ७४ प्रतिशत जनसंख्या आधारभूत तहको खानेपानीको पहुँचमा रहेको देखाउने गरेको छ । दाङ र पूर्वी रुकुम कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङअन्तर्गत संघीय र प्रदेश सरकारका २ सय ६७ वटा खानेपानी योजनाहरु निर्माणका क्रममा रहेका छन् । उक्त खानेपानी योजनाका लागि प्रदेश सरकारले ४८ करोड बढी बजेट रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्