नेकपाकाे सचिवालय बैठक आज, प्रधानमन्त्री ओलीले – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाकाे सचिवालय बैठक आज, प्रधानमन्त्री ओलीले

    मा प्रकाशित

मंसिर १३, काठमाडौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज शनिबार बस्ने भएकाे छ ।
आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्दैछन् ।ब

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावलाई ‘अभियोग पत्र’ भएको बताउँदै आएका ओलीले आफूविरूद्धका आरोपको प्रतिवाद गर्दै आएका छन् ।
ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर समेटेर प्रस्ताव तयार गरेका छन् ।
आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि प्रचण्ड-नेपाल समूहले त्यसैका आधारमा रणनीति तय गर्ने तयारी गरेको छ ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्