नवीन्द्रराज जोशी कोभिड १९ घरदैलो अभियानमा – Kanika Khabar
Friday, January 23Nepali News Portal

नवीन्द्रराज जोशी कोभिड १९ घरदैलो अभियानमा

    मा प्रकाशित

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीले कोभिड १९ घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । जनताको समस्यामा जनतासंगै जनप्रतिनिधि भन्ने उदेश्यका साथ आवश्यक स्वास्थ्य उपकरण सहित अभियान सुरु गरेका हुन् ।

दशै लगत्तै सुरु गरेका घरदैलो अभियान तिहार र छट पर्वका कारणबीचमा रोकेपनि शनिबार देखि पूनः सुचारु गरेका हुन् । जोशीले शनिबार काठमाडौंका चागल क्षेत्रमा निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि लगाएतका सामाग्री सहित सर्वसाधारण संग कोरोनाबाट बच्ने उपायका विषयमा परामर्श गरेका छन् ।
उनले यसअघि सोल्टीमोड, कालिमाटि, रविभवन, स्वयम्भु मिलिजुली टोल र शान्तीनगर क्षेत्रका बासिन्दाहरुलाई घरघरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामाग्रीहरु वितरण गरिसकेका छन् ।

अभियानअन्तर्गत् संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने उनले जानकारी दिए ।

मतदाताका घरदैलोमा चुनावमा मात्र हैन जनतालाई आपत विपत पर्दापनि हामी राजनीतिज्ञहरु उपस्थित हुनुपर्ने उनको भनाइ छ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा.भूपेन्द्र बस्नेतलगायतका विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ ।
कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्