स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश ले १२ जना पत्रकारलाई पुरस्कृत गर्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश ले १२ जना पत्रकारलाई पुरस्कृत गर्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर १३, दाङ ।
स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिले १२ जना पत्रकारहरुलाई पुरस्कृत गर्नै भएको छ ।
स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिको आज शनिबार बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गत क्रियाशील पत्रकारहरुलाई नगदसहित प्रमाण पत्रले विभुषित गर्न लागेको बैठकपछि निर्णयहरु सार्वजनिक गर्दै प्रदेश सचिव बिन्दु घिमिरेले जानकारी दिएकी छिन् ।

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा दाङमा बसेको बैठकले आउँदो माघको २३ र २४ गते राष्ट्रिय स्तरको “पत्रकार स्वतन्त्र किन बन्ने ?” भन्ने विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्नै निर्णय समेत गरेको छ ।
बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका सल्लाहकारहरुलाई सम्मान गर्नै, स्वतन्त्र पत्रकार संघका सबै जिल्लाका अध्यक्षहरुलाई कदर पत्रले सम्मान गर्नै निर्णय गरेको अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिए।

यस्तै बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका पदाधिकारीहरुमार्फत कोभिड १९ का कारण समस्यामा परेका गुल्मी, अर्घाखाँची र दाङका पत्रकारहरुलाई राहत वितरणगरेको कार्यको सह्राहना गर्दै वितरण कार्यलाई सर्वसम्मतिले पारित गर्नै निर्णय समेत गरेको छ ।
स्वतन्त्र पत्रका संघ लुम्बिनी प्रदेश समितिको कार्यालय दाङमा गर्नै भएको यसअघिको निर्णयलाई कार्यान्वयन गर्न दाङमा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
आउँदो माघको २३ र २४ गते राष्ट्रव्यापी बृहत् सम्मेलन गर्नै निर्णय गर्दै स्वतन्त्र पत्रकार संघ केन्द्रीय समिति, प्रदेश समिति र प्रत्येक जिल्लाहरुबाट अध्यक्ष सहित ३ जनालाई अन्तरक्रियामा सहभागी गराउने आम अन्तरक्रिया गर्नै निर्णय पारित गर्दै बैठकले केन्द्रीय समितिको समन्वयमा जिल्ला समिति पुनःगठन तथा विस्तार गर्नै रणनीति समेत तय गरेको छ ।
यस्तै बैठकले तयारी बैठक मंसिर २९ गते बुटवलमा गर्नै निर्णय गर्दै प्रेस ज्याकेटहरु तयारी गरी बितरण गर्नै कार्यवाहक अध्यक्ष ईश्वरी प्रसाद् पौडेललाई जिम्मेवारी तोकेको छ ।
यस्तै बैठकले अर्घाखाँचीबाट विकास पाण्डे, बुटबलबाट कृष्ण पौडेल र भुपेन्द्र पौडेललाई प्रदेश समितिको सल्लाहकारमा चयन गर्नै निर्णय गरेको छ । यस्तै बैठकले जीवन वली (दाङ), रोजक रोका (दाङ) र ईशा क्षेत्री (रुपन्देही) लाई प्रदेश समितिको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय समेत गरेको छ ।
बैठकले स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका वरिष्ठ सदस्य समीर ढकालको मोटरसाईकल दुर्घटनाम परी घाईते भएकोमा ढकालको शीघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकले स्वतन्त्र पत्रकार संघका निवर्तमा केन्द्रीय कोषाध्यक्ष बिरेन्द्र पाण्डेको पूजनीय पिताजी स्व. मोहनीलाल पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष अनिल पहाडीको पुजनीय पिताजी स्व. टेक बहादुर परियार र सहोदर दाजु स्व. सन्तोष परियार, यस्तै नवलपरासीका जिल्ला अध्यक्ष प्रेम पराजुलीको ममतायी आमा स्व.देवीशरा पराजुलीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
उल्टो साईकल यात्रीलाई विशेष सम्मान हुनेः स्वतन्त्र पत्रकार संघको निवर्तमान केन्द्रीय कोषाध्यक्ष एवं कीर्तिमानधारी मेची महाकाली उल्टो साईकल यात्री बिरेन्द्र पाण्डेलाई विशेष सम्मान गर्ने निर्णय पारित गरिएको छ । पाण्डेले स्वतन्त्र पत्रकार संघका नाममा मेची महाकाली उल्टो साईकल यात्रा गरेका थिए ।

देवकोटाद्वारा आमाको नाममा अक्षयकोषको स्थापनाः
स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटाले आफ्नी ममतामयी आमा स्व. हीमालयदेवी देवकोटाको नाममा २५ हजार रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । “हीमालयदेवी देवकोटा स्वतन्त्र वर्ष उत्कृष्ट पुरस्कार”को नाममा स्वतन्त्र पत्रकार संघ प्रदेश समितिमा अक्षय कोष स्थापना गर्नै प्रस्ताव वैठकले पारित गरेको कार्यवाहक अध्यक्ष आर.एन. पौडेलले जानकारी दिए ।

प्रत्येक वर्ष जोखिमयुक्त पत्रकारिता गर्ने व्यक्तिलाई आएको ब्याजबाट नगद् सहित सम्मान गरिने देवकोटाले जानकारी दिए।
बैठकमा प्रदेश सल्लाहकार द्धय केशव परियार र पुष्कर के.सी.ले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संघका प्रदेश सचिव विन्दु घिमिरेले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्