दूर्घटनाका घाइते पुनको उपचारका क्रममा मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दूर्घटनाका घाइते पुनको उपचारका क्रममा मृत्यु

    मा प्रकाशित

तुलसीपुर, मंसिर १३ ।

बसले मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ । पछाडि सवार अर्का युवा घाइते भएका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ९ निवासी २३ बर्षीय मोटरसाईकल चालक किरण पुनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि उनलाई शनिवार दिउँसो कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । अस्पताल पु¥याएको केही बेरमै उपचारका क्रममा उनको दिउँसो सवा ३ बजेतिर मृत्यु भएको डिएसपी सिंहले बताए ।

मोटरसाईकलको पछाडि सवार सल्यान शारदा नगरपालिका वडा नं. ९ निवासी २१ बर्षीय लक्ष्मण बोहोराको तुलसीपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको् छ । उनको अवस्था सामान्ने रहेको पनि प्रहरीले बताएको छ ।

शनिवार विहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगैरीमा पश्चिम तर्फ जाँदै गरेको लु ४१ प २०१३ नम्बरको मोटरसाईकललाई तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २११० नम्वरको बसले ठक्कर दिएको थियो । बस चालक फरार रहेको हुँदा गाडी धनिलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्