डा. भट्टराईले भने — ओलीले आफ्नो शासनकाललाई स्वर्णयुग देखे, अरुको विकल्प सङ्घर्ष कि आत्मसमर्पण ? – Kanika Khabar
Friday, January 23Nepali News Portal

डा. भट्टराईले भने — ओलीले आफ्नो शासनकाललाई स्वर्णयुग देखे, अरुको विकल्प सङ्घर्ष कि आत्मसमर्पण ?

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, दाङ ।
जनता समाजवादी पार्टी (नेपाल) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा. भट्टराईले ओलीले आफ्नो शासनकाल नै स्वर्णयुग भएको जस्तो अहंकार गरेका बताएका छन् ।

उनले लेखेका छन्, ‘ओलीको ५३–बुॅदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुश÷फासिस्ट शासक झैं आफूबाट कहिल्यै कुनै गल्ती÷कमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो ।’

ओलीका प्रतिष्पर्धीका रुपमा देखिएका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति पनि डा. भट्टराईले कटाक्ष गर्दै स्थिति त्यति सहज नभएको सङ्केत गरेका छन् । घुमाउरो तरिकाले प्रचण्डका अगाडि २ वटा विकल्प रहेको डा. भट्टराईले बताएका छन् । उनले भनेका छन्, ‘ अब अरूको निम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प देखिएन है ।’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्