सुडानलाई शरणार्थी व्यवस्थापनमा१५ करोड डलर आवश्यक : राष्ट्र संघ – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सुडानलाई शरणार्थी व्यवस्थापनमा१५ करोड डलर आवश्यक : राष्ट्र संघ

    मा प्रकाशित

एजेन्सी
शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको संयुक्त राष्ट्र संघले जनाएको छ । इथियोपियाको टाइग्रेबाट सुडान पुगेका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको संयुक्त राष्ट्र संघले जनाएको हो ।

राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले खाद्यान्न, बसोबास तथा कपडाको व्यवस्थापनका लागि १५ करोड डलर जरूरी रहेको बताएका हुन् ।

इथियोपियाको संघीय बल तथा त्यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४ मा सुरु द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको अति गरिब क्षेत्र टाइग्रेमा लगातार भीडन्त भइरहेका र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रबेश गरेका हुन् ।

सुडानका शक्तिशाली शासक ओमार अल बसीरलाई सन् २०१९ मा सत्ताच्युत गरिएपछि सुडान अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्