कनिका संवाददाता
जेठ ४, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरुको सङ्ख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।