काङ्ग्रेसले प्रधानमन्त्रीलाई भन्यो— ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्नुहोस् – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

काङ्ग्रेसले प्रधानमन्त्रीलाई भन्यो— ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्नुहोस्

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न सुझाव गरेको छ । प्रतिवेदनले प्रधानमन्त्री ओली स्वयंले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने काँग्रेसको समीक्षालाई पुष्टि गरेको काँग्रेसले विज्ञप्ति मार्फत् जनाएको छ ।
प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण उल्लेख छ । प्रतिवेदनमा किटानी विवरण रहेको स्थिति देशकै लागि लज्जास्पद समेत भएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन् ।
पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद् त छ नै, भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पद समेत छ प्रवत्ता शर्माले भनेका छन् । एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँभनेर अभिव्यक्तिदिने र अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने गर्नु दोहोरो प्रवृतिभएको काँग्रेसले टिप्पणी गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्